म्यानमारमा सैन्य 'कू'को विरोधमा हजारौं मानिस सडकमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

म्यानमारमा सैन्य ‘कू’को विरोधमा हजारौं मानिस सडकमा

एजेन्सी, २५ माघ । म्यानमारको यान्गुन सहरमा हजारौं मानिसहरुले सैन्य ‘कू’को विरोधमा प्रदर्शन गरेका छन् । म्यानमारमा गत सोमबार सैन्य ‘कू’ भएपछि पहिलोपटक उल्लेख्य संख्यामा मानिसहरुले प्रदर्शन गरेका हुन् ।

मुलुकभर सेनाले इन्टरनेट सेवा बन्द गरेको भए पनि शनिबार उल्लेख्य संख्यामा मानिसहरु प्रदर्शनमा निस्किएका हुन् । प्रदर्शनमा मानिसहरुले तत्काल सैनिक शासनको अन्त्य हुनुपर्ने माग गरेका थिए । उनीहरुले राष्ट्रपति विन मिन्ट र प्रजातन्त्रवादी नेतृ आङ साङ सू कीको तस्वीरसहित प्रदर्शन गरेका थिए ।

शनिबार प्रदर्शनमा उत्रिएका मानिसहरुले म्यानमारमा के भइरहेको छ भन्ने कुरा अब संसारका सबै मानिसहरुले थाहा पाउनुपर्ने बताएका थिए । म्यानमारको सेनाले मुलुकमा हुन सक्ने प्रदर्शनलाई ध्यानमा राख्दै मुलुकभर इन्टरनेट सेवा बन्द गराएको थियो । अहिले मुलुकमा सामान्य अवस्थामा हुनेमध्ये केवल १६ प्रतिशत सञ्चार पनि सञ्चालनमा रहेको इन्टरनेटको नियमन गर्ने संस्थाहरुले बताएका छन् ।

म्यानमारमा सन् २०१५ बाट सेनाको सत्ता हटेको भए पनि सोमबार सांसद तथा सरकारी अधिकारीहरुलाई हिरासतमा लिँदै म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);