युट्युबले डिलिट गर्‍यो म्यानमार सेनाको पाँच च्यानल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

युट्युबले डिलिट गर्‍यो म्यानमार सेनाको पाँच च्यानल

एजेन्सी, २१ फागुन । युट्युबले म्यानमारको सेनाले सञ्चालन गर्दै आईरहेका पाँच च्यानल डिलिट गरेको छ। म्यानमारमा सैन्य कूविरुद्ध भईरहेको प्रदर्शनमाथि प्रहरी दमन बढ्न थालेसँगै सेनाको सामाजिक सञ्जालमा अकुंश लगाउने कार्यले युट्युवले पनि निरन्तरता दिएको हो ।

युट्युवले शुक्रबार गएको फेब्रुअरीमा निर्वाचित सत्ता हत्याएको सेनाले प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि बल प्रयोग गर्दै आएको छ । हिंसा बढ्दै गएपछि युट्युबले सेनाका च्यानल डिलिट गरेको हो ।

सामाजिक निर्देशिका उल्लंघन गरेका कारण पाँच च्यानल डिलिट गरिएको शुक्रबार युट्युबले बताएको हो । फेब्रुअरी १ मा सेनाले निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता हत्याएसँगै त्यसको विरोधमा प्रदर्शन हुँदै आएका छन् ।

प्रदर्शनकारीले सैनिक शासन अन्त्य हुनु पर्ने र नियन्त्रित नेताहरुलाई रिहा गरिनु पर्ने माग गरेका छन् ।

शुक्रबार भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर थप एकजनाको ज्यान गयो । अहिलेसम्म म्यानमारमा सुरक्षाकर्मीको ज्यादतीका कारण कम्तीमा ५५ जनाको ज्यान गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);