प्रदर्शनलाई भड्काउने २१० वटा युट्युब च्यानल गुगलद्वारा बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

प्रदर्शनलाई भड्काउने २१० वटा युट्युब च्यानल गुगलद्वारा बन्द

एजेन्सी, ६ भदौ । हङकङमा चलिरहेको राजनीतिक संकट र प्रजातन्त्रको पक्षमा भइरहेको प्रदर्शनलाई भड्काउने खालका सामग्री पोस्ट गर्ने २१० वटा युट्युब च्यानल गुगलले बन्द गरेको छ ।

हाल भइरहेको प्रदर्शनलाई भड्काउने खालका सामग्री पोस्ट गर्ने च्यानलहरु बन्द गरिएको बताए पनि ती च्यानलको सम्बन्ध चीनसँग रहेको या नरहेको भने खुलाएको छैन ।

केही दिनअघि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले गलत सूचना प्रवाह गर्ने एकाउन्टहरु डिलिट गरेका थिए । ती एकाउन्टहरु चीनसँग सम्बन्धित रहेको उनीहरुले बताएका थिए ।

चीनबाट सञ्चालित ती एकाउन्ट मार्फत हङकङमा भइरहेको प्रदर्शनको आधिकारिकता र राजनीतिक हैसियत कम गर्ने प्रयास भएको ट्वीटरले उल्लेख गरेको थियो । युट्युबले भने च्यानल बन्द गरे पनि त्यसको सम्बन्ध चीनसँग रहे–नरहेको खुलाएको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);