अमेजनमा आगलागी लाग्नुमा एनजिओको हात रहेको ब्राजिल राष्ट्रपति बोल्सोनारोको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेजनमा आगलागी लाग्नुमा एनजिओको हात रहेको ब्राजिल राष्ट्रपति बोल्सोनारोको आरोप

amazon_fires

एजेन्सी, ६ भदौ । ब्राजिलको अमेजन रेनफरेस्टमा भइरहेको आगलागीप्रति अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो व्यक्त गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अमेजन रेनफरेस्टमा लागेको डढेलो अन्तर्राष्ट्रिय संकट या विपद रहेको बताएका छन् ।

जी सेभेन राष्ट्रको सम्मेलनअघि उनले अमेजन जंगलमा लागेको डढेलो विश्वव्यापी चिन्ताको विषय रहेको र यो सम्मेलनको एजेण्डा बन्नु पर्ने बताएका छन् । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो सरकार वार्ताका लागि तयार रहेको बताएका छन् । तर ब्राजिल सहभागी नभएको जी सेभेनमा यसबारे छलफल गर्नु अधिनायकवादी मानसिकताको उपज हुने बताएका छन् ।

बोल्सोनारोले अमेजन जंगलमा लागेको डढेलोका बारेमा भइरहेको अधिक छलफलमा एनजिओको हात रहेको आरोप लगाएका थिए । ब्राजिलको नेशनल इन्स्टिच्युड फर स्पेस रिसर्च (इनपे) ले प्राप्त गरेको नयाँ स्टेलाइट तथ्यांक अनुसार यो वर्ष अमेजन रेनफरेस्टमा डढेलो लाग्ने क्रम अत्याधिक मात्रामा बढेको देखिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);