अमेजन जंगलको आगलागी नियन्त्रणका गर्न ब्राजिलद्वारा आर्मी परिचालन | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

अमेजन जंगलको आगलागी नियन्त्रणका गर्न ब्राजिलद्वारा आर्मी परिचालन

amazon rainforest fire

एजेन्सी, ७ भदौ । अमेजन रेनफरेस्टमा अत्याधीक मात्रामा भइरहेको आगलागी नियन्त्रणमा लिनका लागि ब्राजिलका राष्ट्रपतिले सैनिक परिचालन गरेका छन् ।

ब्राजिलियन राष्ट्रपति जायर बोल्सोनारोले अमेजनमा लागेको डढेलो नियन्त्रणमा लिनका लागि भइरहेको प्रयासलाई थप सघन र प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । बोल्सोनारोले जारी गरेको आदेश अनुसार जंगल, आदिवासी जनजातिको बसोबास रहेको क्षेत्र तथा सीमावर्ती क्षेत्रमा सैनिक परिचालन भएका छन् ।

युरोपियन नेताहरुले अमेजन जंगलमा भएको डढेलोप्रति गम्भीर चासो व्यक्त गर्दै दिएको दबाबपछि राष्ट्रपति बोल्सोनारोले सैनिक परिचालन गर्ने आदेश दिएका हुन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन चान्सलर एङ्गेला मर्केल तथा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अमेजन रेनफरेस्टमा लागेको आगो अन्तर्रा्ष्ट्रिय संकट रहेको बताएका छन् । उनीहरुले डढेलो नियन्त्रणमा लिनका लागि चाहिने जति प्रयास नभएको भन्दै ब्राजिलका राष्ट्रपति बोल्सोनारोको आलोचना गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासविच एन्टोनियो गुट्रेसले विश्वव्यापी जलवायु परिवर्तनको संकट पूर्ण अवस्थामा अक्सिजनको भण्डारका रुपमा रहेको अमेजन जंगलमा भइरहेको विनाश स्वीकार्य नरहेको बताएका छन् ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागी नियन्त्रणमा लिनका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);