भारतका पूर्व वित्तमन्त्री एवं भाजपाका वरिष्ठ नेता अरुण जेट्लीको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतका पूर्व वित्तमन्त्री एवं भाजपाका वरिष्ठ नेता अरुण जेट्लीको निधन

एजेन्सी, ७ भदौ । भारतका पूर्व वित्तमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको निधन भएको छ । ६७ वर्षीय जेट्लीको उपचारका क्रममा नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा शनिबार दिउँसो निधन भएको हो ।

जेट्लीलाई श्वास फेर्न गाह्रो हुनुका साथै मुटुको चालमा समस्या देखिएपछि दुई साताअघि अस्पताल भर्ना गरिएको थियो । जेट्लीको सन् २०१८ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालमा जेट्लीले अर्थमन्त्रीकारुपमा ‘नोटबन्दी’ र ‘जीएसटी’जस्ता महत्वपूर्ण निर्णयमा उनलाई साथ दिएका थिए । वकालतबाट राजनीतिमा आएका जेट्लीले सन् १९९१ मा भाजपाबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए ।

उनी सन् १९९९ मा अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा पहिलोपटक सूचना तथा प्रसारण राज्यमन्त्री बनेका थिए । जेट्ली स्वास्थ्यकै कारण मोदीको दोस्रो कार्यकालमा भने मन्त्री बनेका थिएनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);