भारतीय पूर्व विदेशमन्त्री स्वराजको मृत्यु, प्रमद्वारा समवेदना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतीय पूर्व विदेशमन्त्री स्वराजको मृत्यु, प्रमद्वारा समवेदना

sushma swaraj

एजेन्सी, २२ साउन । भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको मंगलबार राती ६७ वर्षको उमेरमा निधन भएको छ । भारतीय जनता पार्टीकी नेतृ स्वराजको मंगलबार हृदयाघातका कारण निधन भएको टाइम्स अफ इण्डियाको अनलाइन संस्कराणमा जनाएको छ ।

उहाँलाई साँझ ९ः३० बजे तिर एक्कासि छातिमा असजिलो भएको र तत्कालै अल इण्डिया इन्ष्टिच्यूट अफ मेडिकल साइन्समा लगिएको थियो । चिकित्सकले करीब भारतीय समय ९ः ४५ बजे उहाँको निधन भएको घोषणा गरेका थिए ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्टमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वराजकाे निधन प्रति दुख प्रकट गर्दै ट्वीटर मार्फत समवेदना  दिनु भएकाे छ ।

स्वराजले सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री नियुक्त हुनुभएको थियो । उहाँले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोक सभाका लागि प्रतिस्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरे अनुसार उहाँलाई भाजपाले उम्मेदवार बनाएको थिएन । विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);