राष्ट्रपति, प्रधानमन्त्री लगायत नेताहरुद्वारा प्रणव मुखर्जीको निधनप्रति दुख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रपति, प्रधानमन्त्री लगायत नेताहरुद्वारा प्रणव मुखर्जीको निधनप्रति दुख व्यक्त

काठमाडाैं,१६ भदाै । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको भन्दै दुख व्यक्त गर्नुभएको छ ।सोमबार भारतका पुर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनपछि राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटर मार्फत भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको दुःखद् निधनप्रति दुख व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार तथा आफ्ना व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुखर्जीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्नुभएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुखर्जीको निधनले दक्षिण एसियाले एक परिपक्क र अनुभवी बौद्धिक नेता र नेपालले एक अनन्य मित्र गुमाएको उल्लेख गर्नुभएको छ । यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुखर्जीलाई नेपालको साँचो मित्र तथा दूरदर्शी नेताको रूपमा चित्रण गर्दै शोकसन्तप्त परिवारजन र भारतीय जनताप्रति समवेदना प्रकट गर्नुभएको छ ।

जनता समाजवादी पार्टीका नेता तथा डा. बाबुराम भट्टराईले मुखर्जीको निधनले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ । ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको थियो । मुखर्जीका छोरा अभिजितले ट्वीटमार्फत आफना बुवाको निधन भएको जानकारी दिनु भएको हो ।

मुखर्जीलाई केही दिनअघि भारतको सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो । गतवर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बन्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);