क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित

काठमाडाैं,१६ भदाै । आज भाद्र शुक्ल चतुर्दशी, बर्षा र सहकालका देवता इन्द्र एवम् जिवित देवी कुमारीको पूजा आराधना गरी काठमाडौं उपत्यकामा इन्द्रजात्रा मनाउने परम्परा रहेको छ ।तर कोरोनाका कारण यस वर्ष इन्द्रजात्रा नहुने भएको छ ।

जात्रा गर्न नसकेकामा क्षमा माग्दै पूजा गरिने छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको इन्द्र जात्रा यस पटक कोरोना संक्रमणको त्रासका कारण रोकिएको हो ।

इन्द्रजात्राको प्रमुख आकर्षण र महत्वको रुपमा रहेको कुमारी, भैरव र गणेशको रथारोहण गरिने परम्परा छ । यसपाली इन्द जात्राको पूजा औपचारिकतामा मात्र सीमित भएको छ। जात्राको मुख्य दिन आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिइएको छ । यसवर्ष इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत मन्दिरमा क्षमा पूजा गरिने बताइएको छ ।

जिल्ला प्रशासनले कोरोना संक्रमण फैलन नदिन भीडभाडमा विभिन्न चाडपर्व नमनाउन आग्रह गरेको छ ।यसैबीच राष्ट्रपति विद्या भण्डारीले कोरोनाबाट जोगिन सरकारले लागू गरेको सुरक्षाका मापदण्ड पूरा गर्दै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जात्रा मनाउन आग्रह गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);