कपिलवस्तुमा बन्दाबन्दीको २२ औं दिन, जनजीवन कष्टकर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कपिलवस्तुमा बन्दाबन्दीको २२ औं दिन, जनजीवन कष्टकर

कपिलवस्तु, १६ भदौ । नोवेल कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनिकरणका लागि भन्दै कपिलवस्तुमा लागू गरिएको बन्दाबन्दी २२ औं दिनमा प्रवेश गरेको छ । जिल्लामा पछिल्लो साउन २७ गते देखि लागू गरिएको बन्दाबन्दी मंगलबार २२ औं दिनमा प्रवेश गरेको हो ।

यस अगाडि तीन पटक थप गरिएको बन्दाबन्दी मंगलबार देखि थप सात दिन थपिएको छ । बन्दाबन्दी थपिदै जादा जिल्लाको वातावरण सुनसान बनेपनि जनजीवन भने थप कष्टपूर्ण बन्न थालेको छ । समुदायमा कोरोना देखिन थालेपछि जोखिम कम गर्न भन्दै प्रशासनले बन्दाबन्दी गरेपनि दैनिक जीवनयापनमा समस्या देखिन थालेको हो ।

बिहान साँझ काम गरेर एक छाक खाने वर्ग लामो बन्दाबन्दीले सबैभन्दा मारमा परेका छन् । सरकारी तवरबाट यी वर्गलाई सहयोग हुन सकेको छैन् । राहत मूलक कार्यक्रम सञ्चालन नहुँदा गरिखाने वर्गलाई साँझ बिहान के खाउँ भन्ने पिरलो छ ।

यता बन्दाबन्दी थपिदै गएपनि स्वरुप फेरिएको छैन् । बैंक तथा वित्तिय संस्थामा बन्दाबन्दी केही खुकुलो भएपनि अरु सबै ठप्प छन् । बैंक तथा वित्तीय संस्था पल्छिल्लो एक हप्ता बिहान ८ देखि १० बजेसम्म सञ्चालन गरिएपनि मंगलबार देखि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म चल्न दिइने भएको छ ।

बन्दाबन्दीले जिल्ला सदरमुकाम तौलिहवा लगायत जीतपुर चारनम्बर, इमिलिया, गोरुसिंगे, चन्द्रौटा, बहादुरगञ्ज, महाराजगञ्ज, कृष्णनगर, पकडी, लवनी, मर्यादपुर लगायतका बजार सुनसान जस्तै छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);