विराटनगरमा फेरि दुई हप्ता बन्दाबन्दीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विराटनगरमा फेरि दुई हप्ता बन्दाबन्दीको घोषणा

lockdown biratnagar

विराटनगर, १६ साउन । कोरोना संक्रमणको जोखिम बढेपछि विराटनगर महानगरपालिकामा २ हप्ता बन्दाबन्दीको घोषणा गरिएको छ ।
शुक्रबार महानगरपालिकामा बसेको महानगर स्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले शुक्रबार राती १२ बजेदेखि लागू हुने गरि भदौ १ गते सम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

बन्दाबन्दी घोषणासँगै भदौ १ गतेसम्म जथाभावी व्यापार व्यवसायसहित सम्पूर्ण रुपमा बजार बन्द रहने छ । दिन दिनै संक्रमण बढ्न थालेपछि स्थानीय त्रसीत बनेका छन् । जिल्लाका स्वास्थ्यकर्मीलाई समेत कोरोनाको संक्रमण भएको छ । संक्रमण बढिरहेको अवस्थामा कुनै पनि सहयोग नपाएको स्वास्थ्यकर्मीको गुनासो छ ।

प्रदेश १ को राजधानी विराटनगरमा केही दिन देखि समुदाय स्तरमा नै कोरोना संक्रमित देखा पर्न थाले पछि समस्या सृजना भएको हो । खुल्ला सिमना र फितलो अनुगमनका कारण सर्वसाधारण कोरोनाको जोखिममा परेका हुन् । समुदाय स्तरमा कोरोना संक्रमण देखिन थाले पछि प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त पहलमा महानगरपालिकालाई बन्दाबन्दी गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);