बुटवलमा भदौ ५ गतेसम्म पूर्ण रुपमा बन्दाबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बुटवलमा भदौ ५ गतेसम्म पूर्ण रुपमा बन्दाबन्दी

बुटवल, २९ साउन । समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले बन्दाबन्दी गर्ने निर्णय गरेको छ । बुधबार बसेको आकस्मिक बैठकले बुटवलमा कडाईका साथ बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय बजार खुल्ला भएसँगै मानिसहरुको भिडभाड र चहलपहल बढिरहेको छ । आम मानिसले सामान्य सर्तकता पनि नअपनाएपछि उपमहानगपालिकाले बन्दाबन्दी गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताउनुभयो ।

बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि भोलि २९ गते बिहीबार राति १२ बजेसम्म समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रुपमा बन्दाबन्दी गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

उपप्रमुख आचार्यले बन्दाबन्दीमा संघीय सरकारले तोके बमोजिम अत्याआवश्यक बाहेक अरु सबै ठप्प हुने बताउनुभयो । उहाँले बैंक, वित्तीय संस्था, सहकारी संस्थाको हकमा भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कार्य तालिका बनाई पेश गरेमा छलफल गरी खोल्न पाइने बताउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);