आजदेखि देशैभर सवारी पास वितरण बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आजदेखि देशैभर सवारी पास वितरण बन्द

काठमाडौं, २९ साउन । गृह मन्त्रालयले आजदेखि देशैभर सवारी पास वितरणमा रोक लगाएको छ ।

मन्त्रालयले बुधबार पत्राचार गर्दै सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

कोरोना भाइरसको संक्रमण बढेको भन्दै मन्त्रालयले पास वितरण रोक्न भनेको हो। योसँगै अर्को व्यवस्था नहुन्जेलसम्म अब जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण रोक्न भनिएको छ ।

सरकारले जिल्लाभित्र यातायात चलाउन अनुमति दिए पनि जिल्ला बाहिर जानका लागि पास अनिवार्य भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);