गृह मन्त्रालयद्वारा रातको समयमा काठमाडौं प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

गृह मन्त्रालयद्वारा रातको समयमा काठमाडौं प्रवेशमा रोक

griha mantralaya

काठमाडौं, १६ साउन । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले बिहीबारबाटै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो ।

उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए लगतै मन्त्रालयले उक्त निर्णय गरेको हो ।

मन्त्रालयले नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँच गर्न र विना पास अन्तर जिल्ला सवारी आवागमन पूर्ण रुपमा बन्द गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);