विवादमा अल्झिएको नेकपा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

 विवादमा अल्झिएको नेकपा (भिडियोसहित)

काठमाडौं, १५ साउन । पार्टी पंक्तिको बैठकमै अल्झिएको नेपाल सरकारले अझै थुप्रै समय सरकारी कामकाजलाई गति दिन नसक्ने देखिएको छ । बैठक बोलाउने र स्थगित गराउने रस्साकस्सीको बीच तमासा बन्दै गएको स्थायी कमिटी बैठकसंगै अब केन्द्रीय कमिटी बैठकको परिणति पनि स्थायी कमिटीको जस्तै हुने पार्टी पंक्तिकै नेताहरु बताउँछन् । ठूलो ठूलो स्वरमा डाकिने र स्थगित हुने नेकपाका यी बैठकहरु भने एजेण्डारहित छन् ।

जसरी पनि प्रधानमन्त्रीको कुर्सी प्राप्त गर्ने, होइन भने सरकारलाई अप्ठेरो पार्दै अकर्मण्य देखाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णय लिनबाट सरकारलाई हतोत्साहित गर्ने कारणले पनि बैठकहरु औचित्यहीन बन्दै गएको देखिन्छ । नेकपा भित्रको विवादले देशको राजनीति अस्थिर बन्दै गएको छ । देशको अवस्था नाजुक देखिएको छ । अर्थतन्त्र लगभग शून्यतातर्फ गइरहेको छ । बाढी पहिरोको कहालीलाग्दो घटना दैनिक बढ्दो छ । कोरोना महामारी भुसको आगो जस्तै वस्तीवस्तीमा सल्किरहेको छ ।

कृषि, उद्योग जस्ता व्यवसायहरु पारम्पारिक र कर्मकाण्डी हिसाबले अघि बढेको छ । दिनानुदिन बेरोजगारीको संख्या बढ्दो छ । विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्कने संख्या पनि कम छैन । निजी व्यवसायहरु रुग्ण बन्दैछन् । पर्यटन मुख्य आधार रहेको देश पर्यटकविहीन भएसंगै त्योसँग सम्बन्धित रहेका उद्योगहरु उठ्नै नसक्ने गरी थला पर्न विवश छन । तर सत्तारुढ नेकपा पार्टीपंक्ति यी सबै समस्याबारे बेखबर छ । नेतृत्वपंक्तिलाई भारतसंगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उत्कठ अभिलाषा छ ।

भलै नेपालले थुप्रै नोक्सानी किन व्यहोर्नु नपरोस । विदेशीहरुको अगाडि आफैं सरकारसंग लडिरहेको सन्देश प्रवाह गर्नमा तल्लिन देखिएबाट आन्तरिक समस्याहरुबारे ध्यान दिन फुर्सद नभएको प्रष्टै देखिन्छ । सबैको मूल्यांकन नेपाली जनताले राम्रोसंग गरेका छन् । समय आएपछि त्यसको जवाफ फर्काउने छन् । यी नेताहरुको आफ्नो कार्यकालको हिसावकिताव जनताले राखेका छन् । जवाफ दिने समयको प्रतिक्षामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);