बैठक बस्नै नसकेपछि राहत उद्दारमा जुट्यो नेकपा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

बैठक बस्नै नसकेपछि राहत उद्दारमा जुट्यो नेकपा

प्रकाश जोशी
काठमाडौं, ८ साउन । विवादित बन्दै गएपछि असार १३ गतेसम्मलाई स्थगित सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक फेरि बस्ने नबस्ने टुङ्गो छैन ।

असार १० गतेबाट सुरु भएको बैठक चार दिन चलेर पटक–पटक स्थगित हुँदै आएको छ । पार्टीमा अन्तरद्वन्द्व बढ्दै गएपछि र नेताहरूबीच चर्काचर्की पर्न थालेपछि बैठक बस्नै सकेको छैन ।

विपत्तिको समयमा नेताहरू राहत र उद्दारमा जुट्नु सही भएपनि पटक–पटक बैठक स्थगित हुनुले नेकपा विवाद गिजोलिँदै गएको देखिन्छ ।नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि चर्किएको विवाद केही मत्थर देखिएपनि सेलाएको भने छैन ।

विवाद मिलाउने प्रयासमा अनेक प्रयास भएपनि निरर्थक हुँदै आएको छ । शीर्ष नेताहरू एक ठाउँमा लामो समय बसेर निकास खोज्न सक्ने अवस्थामा देखिँदैनन् ।

बसेर विषय प्रवेश गर्नासाथ चर्काचर्की भई हाल्ने र बैठकबाट उठेर आ–आफ्नो बाटो लाग्ने अवस्था अहिलेको छ । साउन १३ गतेसम्मको लागि स्थगित गरिएको बैठक फेरि बस्ने नबस्ने टुङ्गो छैन ।

बसेपनि निष्कर्ष निकाल्लान् भन्ने विश्वास नेताहरूमा देखिँदैन । नेकपाले बाढी पहिरो पीडितको राहत एवम् उद्दारमा जुट्नुपर्ने भएकाले बैठक स्थगित गरेको जनाएको छ । तर, राहत र उद्दार बैठक स्थगित गर्ने बहाना मात्रै भएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाई छ ।

देशभर लाखौंको सङ्ख्यामा नेकपा कार्यकर्ता र शुभेच्छुक छन् । ठूलो संगठन भएको नेकपाको सम्पूर्ण पार्टीपंक्ती परिचालन भयो भने राहत र उद्दार कार्यमा देशभर तीव्रता आउने छ ।

वडा तहदेखिकै पार्टी नेता कार्यकर्ता बाढी पहिरोमा परेकाको राहत र उद्दारमा जुट्ने नेकपा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माको बताउनुभयो। प्राकृतिक प्रकोपपछिको राहत र उद्दारमा जुट्ने नेकपाको निर्णय सह्रानीय छ । यसको सिको देशका अन्य पार्टीहरूले पनि गर्नुपर्छ ।

तर, पार्टीभित्रको अन्तरविरोध समाधान हुन नसक्दा पटक–पटक स्थायी कमिटी बैठक स्थगित हुनुले आम जनमानसमा सकारात्मक सन्देश गइरहेको छैन । सत्तारुढ दल भित्र यसरी पद र कुर्सीका लागि लामो समयमम्म लडाइँ जारी रहनु शोभनीय देखिँदैन।

(फाइल तस्बिर)

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);