पदकै लागि नेकपा विवाद छताछुल्ल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पदकै लागि नेकपा विवाद छताछुल्ल

oli prachanda

काठमाडौं, ५ साउन। सत्तारुढ नेकपामा यतिबेला पद प्रतिष्ठाको लागि आन्तरिक विवाद छताछुल्ल भएको छ । स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएसँगै सुरु भएको नेकपा विवाद अझै कायम छ ।

पटक–पटक बैठक बसेर विवाद समाधानको प्रयास नेताहरुबीच भएपनि समाधान हुन सकेको छैन । यसैबीच, पार्टी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीले मंसीरमा पार्टी महाधिवेशन गर्ने प्रस्ताव गर्नु भएको छ ।

महाधिवेशन गर्ने प्रस्तावपछि नेकपामा मंसीरको महाधिवेशन विषयमा बहस सुरु भएको छ । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूले भने महाधिवेशन कार्ड फ्याँकेर ओलीले अल्मल्याउन खोजेको भन्न थालेका छन्।

सोमबार अध्यक्ष दाहालले पूर्वमाओवादीसम्बद्ध स्थायी समिति सदस्यहरूसँग पनि महाधिवेशन तयारीबिना सम्भव नहुने बताएको एक स्थायी समिति सदस्यले जानकारी दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);