नेकपामा तीन गुटः आगामी महाधिवेशन उन्मुख गुट राजनीति | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

नेकपामा तीन गुटः आगामी महाधिवेशन उन्मुख गुट राजनीति

nekapa isthai comittee

काठमाडौं, १६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन्।

नेकपामा देखिएको यो गुट राजनीति आगामी महाधिवेशन उन्मुख हुन थालेको छ। महाधिवेशन नभई गुट गतिविधि कम नहुने बरु यो पार्टीका सबै निकायमा निरन्तर हुने संकेतसमेत प्राप्त भएका छन्। स्थायी समिति बैठकमा ओली गुटका नेताहरू सरकार र पार्टी अध्यक्ष शर्माको बचाउमा लागेका थिए। दाहाल गुटका नेताहरू दुवै मुद्दामा मौन बसे। नेपाल गुटका नेताहरुले भने सरकार सञ्चालन र पार्टी पद्धतिको विषयमा आलोचक भएका थिए।