एमाले र माओवादी केन्द्रबीच आज पार्टी एकताको औपचारिक घोषणा गरिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एमाले र माओवादी केन्द्रबीच आज पार्टी एकताको औपचारिक घोषणा गरिंदै

kp dahal

काठमाडौं, ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रबीच आज पार्टी एकता हुने भएको छ ।

एकता प्रक्रिया सुरु भएको साढे सात महिनापछि एमाले र माओवादी केन्द्रबीच एकता हुने भएको हो । एमाले र माओवादी केन्द्रबीच पार्टीको नाम, सांगठनिक नेतृत्व, केन्द्रीय र स्थायी समिति, चुनाव चिन्ह लगायत विषयमा सहमति भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकताका लागि सहमति जुटाउनु भएको हो ।

ओली र दाहालबीचको सहमति अनुसार एमाले र माओवादीको एकीकरण पछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने छ । एकीकृत पार्टीको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय बनाउने र त्यसमा एमालेका २ सय ४१ तथा माओवादी केन्द्रका २ सय जना रहने सहमति भएको छ । दुई वर्षभित्र महाधिवेशन गर्ने समझदारी भएको छ । यस्तै स्थायी समितिमा एमालेका २५ र माओवादी केन्द्रका १८ जना रहने तथा ओली र दाहाल दुवैजना महाधिवेशन नभएसम्मका लागि अध्यक्षको भूमिकामा रहने सहमति भएको छ । माओवादी अध्यक्ष दाहाल पार्टीको चुनाव चिन्ह सुर्य राख्न सहमत भएका छन् ।

ओली र दाहालबीच भएको सहमतिलाई दुवै दलले अनुमोदन गरिसकेका छन् । एमालेको स्थायी समिति र माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकले सहमति अनुमोदन गरेका हुन् । सहमतिलाई अन्तिम रुप दिन अहिले विहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । बैठकले गर्ने निर्णय अनुमोदन गर्नका लागि एमालेले केन्द्रीय समितिको र माओवादी केन्द्रले केन्द्रीय सचिवालयको विस्तारित बैठक बोलाएका छन् ।

दुई पार्टीका बैठकपछि अपरान्ह पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा गर्ने तथा त्यसअघि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने दुवै पार्टीका नेताहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);