वाम एकता : पार्टीको नेतृत्व आलोपालो, एकतामा आजै हस्ताक्षर गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वाम एकता : पार्टीको नेतृत्व आलोपालो, एकतामा आजै हस्ताक्षर गर्ने तयारी

oli parachanda

नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’

काठमाडौं, ७ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको आधार टुंगो लागेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको वार्तामा नमिलेको सैद्धान्तिक विषयलाई महाधिवेशनबाट टुङ्याउने समझदारी बनेको छ ।

स्रोतका अनुसार दुई नेताबीच पार्टीको नाम, नेतृत्व र वैचारिक राजनीतिक विषयमा पनि सहमति जुटेको छ । पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने एकीकृत पार्टीको दुई अध्यक्षले संयुक्त नेतृत्व गर्ने, आलोपालो प्रधानमन्त्री बन्ने विषयमा सहमति जुटेको बताइएको छ ।

एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको २१ औ शताब्दिको जनवादका विषयमा महाधिवेशनबाट छिनोफानो गर्ने दुई अध्यक्षबीच सहमति भएको छ । पार्टी एकता र सरकार गठनबारे दुई अध्यक्षबीच ठोस समझदारी बनेकाले त्यसलाई आजै एकता संयोजन समितिको बैठकले अनुमोदन गर्ने बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले खुमलटारस्थित निवासमा पार्टी नेताहरुलाई बोलाएर एकताको प्रक्रियामा देखिएको समस्या समाधान भएको जानकारीसमेत गराएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);