एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत

oli-prachanda

काठमाडौं, ८ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । एमाले र माओवादी केन्द्र एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने गरी पार्टी एकता गर्न सहमत भएका हुन् । पार्टीको सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहने सहितका सात बुँदे आधारपत्रमा दुई पार्टीबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका बसेको पार्टी एकता संयोजन समितिको चार घण्टा लामो बैठकले एकताको आधारमा सहमति जुटाएको हो ।

सहमति पत्रमा दुवै पार्टीका नेताले हस्ताक्षर गरेका छन् । दुई पार्टीले आपसी वैचारिक विषयलाई वहस र छलफलपछि परिमार्जन गर्दै एकता महाधिवेशन गर्ने निर्णय गरेका छन् । दुई पार्टीबीच अन्तरिम राजनीतिक प्रतिवेदन तथा अन्तरिम विधान तयार गरी पार्टी संचालन गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सहमतिसँगै माओवादी केन्द्रलाई सरकारमा मन्त्री पठाउन बाटो खुलेको छ । पार्टीको नेतृत्वमा दुई सहअध्यक्ष रहने तथा सरकारको नेतृत्व आलोपालो गर्ने भनी चर्चामा आएका विषयबारे भने सहमतिपत्रमा केही उल्लेख छैन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सात बुँदा वाहेकका विषयमा आफूहरुको कुनै समझदारी नभएको बताए । दुई पार्टीबीच भएको सहमतिपत्रमा पार्टी एकता कहिलेसम्म गर्ने भन्ने पनि किटान गरिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);