नेकपा विवाद राजनीतिक कार्यदिशा ‘जनताको जनवाद’ नै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेकपा विवाद राजनीतिक कार्यदिशा ‘जनताको जनवाद’ नै

nekapa-oli-dahal

काठमाडौं, १६ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को कार्यदिशा विवाद मिलेको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलपश्चात् विवाद मिलेको हो ।

पार्टीको राजनीतिक कार्यदिशा ‘जनताको जनवाद’ नै रहने सहमति जुटेको छ । कार्यदिशाको विवाद मिलेसँगै पार्टी एकताको बाँकी काम टुंगो लगाउन आन्तरिक तयारीमा शीर्ष नेता जुटेका छन् । अध्यक्षद्वय ओली, दाहाल तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल एकताको बाँकी काम टुंगो लगाउने तयारीमा जुटेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १३ महिनापछि कार्यदिशामा विवाद बल्झेको थियो । कार्यदिशाको विवाद मिलेसँगै एकताको बाँकी काम टुंगो लाग्ने निश्चित भएको छ । ३ जेठ २०७५ मा दुई पार्टीबीच एकीकरण घोषणा गर्दै एकीकृत पार्टीको कार्यदिशा ‘जनताको जनवाद’ हुने घोषणा भएको थियो । तत्कालीन एमाले जनताको बहुदलीय जनवाद (जवज) र माओवादी केन्द्रले २१औं शताब्दीको जनवाद र माओवादी कार्यदिशा छोड्दै जनताको जनवादमा सहमति गरेर पार्टी एकता गरेका थिए । दुवै पार्टीले मान्दै आएको कार्यदिशा तत्कालका लागि छोड्ने र महाधिवेशनमा बहसमा लैजाने गरी सहमति गरेका थिए ।

अन्तरिम कालका लागि समाजवाद उन्मुख जनताको जनवादमा सहमति भए पनि अहिले पार्टीको सम्पूर्ण एकता टुंगो नलाग्दै विवाद सुरु भएको थियो । नेकपा स्रोतका अनुसार अहिले जनताको जनवाद नै राजनीतिक कार्यदिशा रहनेमा सहमति भएको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);