नेकपा एकताले पूर्णता नपाउँदै पार्टीको भावी सिद्धान्त अनिश्चित | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

नेकपा एकताले पूर्णता नपाउँदै पार्टीको भावी सिद्धान्त अनिश्चित

nekapa

तेजना पण्डित

काठमाडौं, ११ असार । नेकपाको एकता प्रक्रियाले पूर्णता नपाउँदै पार्टीको भावी सिद्धान्त के हुने भन्नेमा विवाद चुलिएको छ । सिद्धान्तको बहसमा पूर्व एमाले एकातिर र पूर्व माओवादी अर्काेतिर कित्ताकाट भएका छन् । पूर्व एमाले जनताको बहुदलीय जनवादको पक्षमा देखिएको छ भने पूर्व माओवादी पक्षधर जनताको जनवादको पक्षमा अडिक छन् ।

जनताको बहुदलिय जनवादको सिद्धान्तको आधारमा अघि बढेको तत्कालीन नेकपा एमाले र २१ औँ शताब्दीको जनवाद सिद्धान्तको आधारमा अघि बढेको तत्कालीन माओवादी केन्द्रको बिचमा गत बर्ष जेठ ३ गते पार्टी एकता भएको हो । त्यतिबेला जनताको जनवाद सिद्धान्तमा जाने सहमती भएको थियो । दुवै पार्टीले बोकेको सिद्धान्त महाधिवेसनमा छलफलमा लाने र त्यहींबाट राजनीतिक कार्यदिशा तय गर्ने सहमतिका साथ पार्टी एकता भएको थियो । माधव नेपाल संयोजक रहेर लेखिएको राजनीतिक प्रतिवेदनलाई सचिवालयले पारित गरी अन्तिम रुप दिन अध्यक्षद्धवयलाई जिम्मा दिएको थियो । तर जिम्मा पाएको महिनौसम्म पनि राजनीतिक प्रतिवेदन छापिन सकेको छैन । नेताहरु बिचमा पनि जनताको बहुदलीय जनवादमा जाने कि जनताको जनवादमा जाने भन्ने बहसको विषय बनेको छ ।

पार्टी भित्र सैद्धान्तिक बहस हुनु नौलो र अनौठो होइन । तर पार्टी एकतालाई लम्वाइ राख्न अहिलेको बहस भएको नेताहरुको बुझाई छ । यसबारे अध्यक्षद्धय बेलैमा सचेत हुनुपर्ने तल्लो तहका नेताहरुको सुझाव छ । पूर्व माओवादी पक्षका नेताहरु जनताको जनवादको वकालत गरिरहंदा पूर्व एमाले पक्षधर नेताहरु भने जनताको बहुदलिय जनवादलाई छाड्न नसकिने बताइरहेका छन् ।

नेकपाको एकताले पुर्णता नपाउदै फेरी सिद्धान्त के हुने भन्ने प्रश्न उठिरहेको छ । राजनीतिक विश्लेषकका बुझाईमा राजनीतिक दलहरु सिद्धान्तमा भन्दा पनि नेताहरु शक्ति केन्द्रित गर्न तर्फ लाग्दा पार्टी भित्र समस्या उत्पन्न हुने गरेको छ ।

गत शनिवार बसेको नेकपा सचिवालय बैठकमा राजीनितिक सिद्धान्तका बारेमा छलफल गर्ने भनिएपनि खासै विषय प्रबेश हुन पाएन । भनिन्छ, कम्युनिष्ट पार्टी भनेकै बिचार र सिद्धान्तका आधारमा चल्ने पार्टी हो । नेकपा गठन भएको १३ महिना बितेको छ तर पार्टी एकताको सम्पूर्ण प्रक्रिया अझै टुंगिन सकेको छैन । पार्टीको सिद्धान्त स्पष्ट नहुँदा पनि स्पष्ट नेताहरु खुलेर कार्यकर्तामाझ पुग्न सकेका छैनन् । लाग्छ, सिद्धान्तमा स्पष्ट हुन नसक्दा नै पार्टी एकताले पूर्णता पाउन सकिरहेको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);