नेकपाकाे राजनीतिक सिद्धान्त जनताको जनवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेकपाकाे राजनीतिक सिद्धान्त जनताको जनवाद

तेजना पण्डित

काठमाडौं, २४ असार । पार्टी एकिकरणको १बर्ष बितिसक्दा पनि राजनीतिक प्रतिवेदन छापिएर आउन नसकेको अवस्थामा नेकपाका नेता कार्यकर्ताहरु पार्टीको मार्गदर्शन सिद्धान्त के भन्ने अन्यौलमा थिए ।

दुई अध्यक्षबीचमा राजनीतिक सिद्धान्त जनताको जनवादमा सहमती जुट्न नसक्दा यसले झनै अन्यौलता बढाएको थियो । यसैबीच पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतवार बसेको बैठकमा पार्टीको राजनीतिक सिद्धान्त जनताको जनवाद हुने सहमती जुटेको छ ।

तत्कालिन नेकपा एमालेले अपनाउँदै आएको जनताको बहुदलिय जनवाद सिद्धान्त र नेकपा माओवादी केन्द्रले अपनाएको २१औं शताव्दिको जनवाद सिद्धान्तलाई महाधिवेसनमा लगि छलफल गर्ने सर्तका साथ जनताको जनवाद सिद्धान्त मार्गदर्शन सिद्धान्त हुने पार्टी एकताका बेला सहमती भएको थियो ।

तर नेकपा गठनको यति लामो समयसम्म पनि जनताको बहुदलीय जनवाद छाड्न नसकिने अडान अध्यक्ष केपी शर्मा ओलीले राख्दै आउनु भएको थियो । ओली आफ्नो अडानवाट पछी हटेपछी जनताको जनवाद सिद्धान्तमा सहमती जुटेको हो ।

सहमति जुटेसँगै सोमवार राजनीतिक प्रतिवेदन प्रकाशनमा लगिएको अध्यक्ष दाहालको भनाइ छ । लामो समयको रस्साकस्सी पछी जनताको जनवाद सिद्धान्तमा कसरी सहमत भयो त ? अहिले सवैको चासोको बिषय बनेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रले अपनाएको सिद्धान्तको मुल मर्मलाई समेटी नयाँ सिद्धान्त जनताको जनवाद अपनाइएको नेताहरु बताउँछन् । माधव नेपाल नेतृत्वको कार्यदलले तयार गरेको प्रतिवेदन जनताको जनवाद सिद्धान्तमा आखिर के छ त नयाँ कुरा ?

नेकपाको मार्गदर्शन राजनीतिक सिद्धान्त जनताको जनवाद हुने भन्ने सहमती जुटिसकेको छ ।यो सँगै पार्टी एकिकरणलाई पुर्णता दिंदै २ बर्षमा एकता महाधिवेसन गर्ने भएको सहमतीलाई अघि बढाउनको लागी आगामी १ बर्षमा नेकपाले महाधिवेसन गर्नुपर्ने छ । त्यसैले पनि पार्टी एकताका प्रकृयालाई समयमै टुङ्गो लगाई महाधिवेसनको मिति तोकी तयारीमा लाग्नुपर्ने नेकपाका नेताहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);