अख्तियारको अधिकार केही कटौती केही थपिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

अख्तियारको अधिकार केही कटौती केही थपिँदै

akhtiyar durupayog

काठमाडौं, २५ असार । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार कटौती गर्ने गरी विधेयक ल्याउने तयारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी बनेको विधेयकमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको अनुचित कार्यको छानबिनसम्बन्धी अख्तियारी कटौती गर्ने गरी विधेयक पेस गर्ने विषयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । अख्तियारले भने सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पति छानबिन गरेर अनुसन्धान गर्न पाउनुपर्ने माग राख्दै आएको छ ।

विधेयकमा सहकारी तथा वित्तीय संस्था पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको दायरामा पर्ने व्यवस्था गरिएको छ । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वित्तीय संस्थाको छानबिन गर्न पाउने प्रावधान छैन । नयाँ विधेयकअनुसार अब सहकारी तथा वित्तीय संस्था पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको दायराभित्र पर्नेछन् ।

नेपालमा वित्तीय कारोबारमा अपराध बढ्यो भनेर अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायतले छुट्टै कानुन बनाएको भए तापनि वित्तीय कारोबारसम्बन्धी अनियमितता अख्तियारले हेर्नुपर्छ भन्ने सुझाव बारम्बार आएको थियो । स्रोतका अनुसार सरकारले अख्तियारको अधिकार कटौती गर्दै पुरानो ऐनमा संशोधनसहितको विधेयक संसद्मा दर्ता गर्ने भएको छ । नयाँ संविधानअनुसार अख्तियारले आर्थिक भ्रष्टाचारका विषय मात्र हेर्न पाउँछ । सार्वजनिक पद धारण गरेको व्यक्तिले बदनियतवश कुनै निर्णय गरेर अधिकारको दुरुपयोग ग¥यो वा गरेन हेर्न पाउँदैन ।

नयाँ संविधानमा अनुचित कार्य हटाइएकोमा भ्रष्टाचार नियन्त्रणमा असर परेको भनी प्रमुख आयुक्त नवीन घिमिरेसम्मले असन्तुष्टि जनाउँदै आएको थिए । नयाँ संविधानले अनुचित कार्यको छानबिन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कटौती गरेपछि अनुचित कार्यको छानबिनका लागि प्रधानमन्त्री कार्यालय मातहत स्वायत्त निकाय बनाउने भनिएको छ । सोहीअनुसार नयाँ कानुन संशोधन गर्न अख्तियारबाट कानुनको मस्यौदा तयार भइसकेको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);