सम्पत्ति विवरण नबुझाउने १६ हजार ७ सय ४८ जना अख्तियारको कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सम्पत्ति विवरण नबुझाउने १६ हजार ७ सय ४८ जना अख्तियारको कारबाहीमा

Commission for the Investigation of Abuse of Authority, CIAA

काठमाडौं, ८ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १६ हजार ७ सय ४८ जनालाई कारबाही गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिहीबार बसेको बैठकले सैनिक, निजामति, स्थायी शिक्षक तथा अन्य कर्मचारीले सम्पत्ति विवरण नबुझाएको भन्दै जनही ५ हजार जरिवाना तिरेर सम्पत्ति विवरण पनि सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको छ ।

कारबाहीमा संघीय तहका निजामतितर्फका २ हजार ५ सय ४ जना, नेपाल प्रहरीका १ सय ११ जना, शिक्षक ७ हजार ६ सय १३ जना, निजामति तथा सैनिक प्रहरी बाहेकका १ हजार ४ सय ३२ जना रहेको बताइएको छ ।

आयोगले जरिवाना तिरेर तोकिएको निकायमा सम्पत्ति विवरण पेश गरि सोको एकमुष्ठ जानकारी पठाउन पनि निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा १ मा सार्वजनिक पद धारणा गरेको व्यक्तिले साठी दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण तोकेको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);