तीनवटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तीनवटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन

काठमाडाैं,साउन १४ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनवटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको बुधबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथि अध्ययन गर्न उपसमिति गठन गरेको हो ।

समितिकी सभापति शशी श्रेष्ठले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १सय ८२ बमोजिम उपसमिति गठन गरिएको बताउनुभयो । सांसद रेखा शर्माको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन गरिएको छ ।

त्यसैगरी सांसद यसोदा सुवेदीको संयोजकत्वमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ । सांसद विजय सुब्बाको संयोजकत्वमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन गरिएको छ ।

सबै उपसमितिले आन्तरिक कार्यविधि आफै निर्माण गरेर अध्ययन गर्न सक्नेछन् । उपसमितिले आयोगको वार्षिक प्रतिवेदन अध्ययन गरी १५ दिन भित्र समितिमा प्रतिवेदन पेश गर्नुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);