माथिल्लो मर्स्याङदीको लाईसेन्स विक्री अध्ययन गर्न उपसमिति गठन | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

माथिल्लो मर्स्याङदीको लाईसेन्स विक्री अध्ययन गर्न उपसमिति गठन

ghanashyam

काठमाडौं, १२ मंसिर । माथिल्लो मर्स्याङदी–२ जलविद्युत आयोजनाको लाईसेन्स विक्री कानुनसम्मत भए/नभएको अध्ययन गर्न संसदको अर्थ समितिले उपसमिति गठन गरेको छ । बुधबार बसेको समितिको बैठकले घनश्याम भुसाल संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेका हो ।

बुधबार बसेको समितिको बैठकले उपसमितिलाई जलविद्युत विकास सम्बन्धि नीतिगत, कानुनी, प्राविधिक, आर्थिक लगायतका समग्र पक्षको अध्ययन गरी १५ दिन भित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

लाईसेन्स होल्ड गर्ने तर कामै नगर्ने जलविद्युत कम्पनी खारेज गर्न सरकारलाई आवश्यक निर्देशन दिने अर्थ समितिको तयारी छ । समितिले मंगलबार लगानी बोर्ड र नेपाल राष्ट्र बैंकसँग जलविद्युत क्षेत्रको लगानी र त्यसका प्रभावका विषयमा विस्तृत छलफल गरेको थियो ।