चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

काठमाडौं ।

चार वटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । मंगलवार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त चार विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभयो ।

त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रश्ताव गर्नुभयो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रश्ताव प्रश्तुत गर्नुभयो । चार वटै प्रश्तावलाई दफावार छलफलका लागि सर्वसम्मत रुपमा समितिमा पठाइएको अध्यक्षले घोषणा गर्नुभयो । सदनमा प्रश्तुत यी सबै प्रश्तावहरू सर्वसम्मतिले स्वीकृत भई विधेयकहरू दफावार छलफलको प्रक्रियामा अघि बढेका छन् ।

Leave a Reply

ताजा समाचार