बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक समितिमा पठाइयो  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक समितिमा पठाइयो 

काठमाडौं। राष्ट्रिय सभाले बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’  लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।  बैठकमा पेस भएको उक्त दुईवटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे ।

राष्ट्रिय सभाको अर्को बैठक बिहीबार अपराह्न २ बजेर ५९ मिनेटमा बस्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);