विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत

yubraj khatiwada

काठमाडौं, ११ असार । विनियोजन विधेयक २०७६ संघीय संसदको राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।

बुधबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गर्नुभएको हो । अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भनि गरेको प्रस्ताव प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल गरी बहुमतले स्वीकृत गरिएको हो । विनियोजन विधेयकका विभिन्न शिर्षकहरु माथिको छलफल र मन्त्रीहरुको जवाफका लागि असार १५ देखि २४ गते सम्मको समय निर्धारण गरिएको छ । यसअघि बुधबार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देश सहमति प्राप्त विनियोजन विधेयक २०७६ सभा समक्ष कबुल गर्नुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक असार १५ गते आईतबार बिहान ११ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);