काठमाडौं, ११ असार । नेपालको राजनीति जब-जब संकटमा पर्छ, त्यति बेला यो देशी-विदेशी शक्तिको चलखेल हो भनेर सबैले भन्ने गर्छन । आफै अन्तरिक कलह मच्चाउने राजनीतिक दलका नेताहरुले विदेशी शक्तिको चलखेल भयो भनिरहँदा, स्वदेशमै पनि चलखेल नहुने चाहिँ होइन । बिगतको इतिहास हेर्ने हो भने जब मुलुकमा बहुमतको सरकार गठन हुन्छ तब सत्तापक्षमा कलह पैदा हुन्छ र सरकार बिगठनसम्म भएको उदाहरण छ । राजनीतिक विश्लेषक डा. बिष्णु दाहालले अहिलेको सरकार स्थायी भएपनि कमजोर भएको विश्लेषण गर्नुभयो । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै दाहालले सरकार संचालन गरेर सरकारले नियमित काम मात्र गरेको बताउनु भयो । उहाँले देशको राजनीतिलाई स्थिर र स्थायी बनाउने काममा सरकार चुकेको पनि बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले डा. बिष्णु दाहालसंग गरेको कुराकानी हेर्नुहोस् :
प्रदेश सरकारको घेरावन्दिमा केन्द्रिय सरकार, ओलीलाई असफल बनाउन मुख्यमन्त्रीको चलखेल : डा. बिष्णु दाहाल (भिडियोसहित)
ताजा समाचार
कतारमा अन्तर्राष्ट्रिय बाज तथा सिकार प्रदर्शनी
४८ मिनेट अघि
अफ्रिकी आकाशमा ‘एकल बजार’ को खोजी
४९ मिनेट अघि
आजको मौसम अनुमान
५८ मिनेट अघि
संसदीय समितिहरुको बैठक
५९ मिनेट अघि




