बाह्य शक्तिको दाउपेचबाट मुलुकलाई बचाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

बाह्य शक्तिको दाउपेचबाट मुलुकलाई बचाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

ललितपुर, १२ साउन  । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक अस्थिरता, पार्टी भित्रको आन्तरिक कलह र द्वन्द्वले देश कमजोर अवस्थामा पुगेको बताउनु भएको छ ।

राजनीतिक स्थिरता नहुँदा बाह्य शक्तिको दाउपेचको षड्यन्त्र मार्फत मुलुक थप कमजोर हुँदै जाने मन्त्री ज्ञवालीले बताउनु भयो । उहाँले भन्नुभयो, “जो कोही सरकारमा गएपनि, जसले पार्टी सञ्चालन गरेपनि सहकार्यको विकल्प छैन ।”

आज बिहान इ माउण्टेन टिभीसँगको संक्षीप्त कुराकानीमा मन्त्री ज्ञवालीले, संयुक्त राष्ट्र संघले समेत विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनासँग लड्न सिंगो विश्व एकताको आव्हान गरिरहेको अवस्थामा हामी आन्तरिक द्वन्द्वमा फस्नु पक्कै पनि सुखद कुरा नभएको बताउनुभयो ।

वृहत्तर राष्ट्रहितको दृष्टिकोणलाई सफल पार्न सबै राजनीतिक दल ऐक्यवद्व भएर अगाडि बढ्न मन्त्री ज्ञवालीले आव्हान गर्नुभयो ।