परराष्ट्रमन्त्री ज्ञवालीद्धारा गुल्मीमा कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

परराष्ट्रमन्त्री ज्ञवालीद्धारा गुल्मीमा कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन

सुमन महतारा
गुल्मी, १ असोज
। नेपाल सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गुल्मीमा कोभिड–१९परीक्षण प्रयोगशालाको उद्घाटन गर्नुभएको छ । बिहिबार रेसुङ्गा नगरपालिका–९उपल्लो तम्घासमा कोरोना भाइरस परीक्षण प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कोरोना भाइरस परीक्षणको दर बढाउनुपर्ने बताउनु भएको छ । उहाँले कोरोना भाइरस संक्रमण समुदायस्तरमा पुग्न बाट रोक्नका लागि परिक्षण दरलाई बढाएर लैजान आवश्यक रहेको उल्लेख गर्नुभयो । त्यस अवसरमा उहाँले सरकारले निर्देश गरेका स्वास्थ्य सुरक्षा मापदण्डका उपाय अपनाउन नागरिकहरुमा आग्रह गर्नुभयो ।

कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा गम्भिर प्रभाव पारेको छ । स्वास्थ्य संकट र आर्थिक संकटलाई सन्तुलन मिलाएर अगाडि बढ्नुपर्ने कठिन घडिमा रहेको बताउँदै यस्तो अवस्थामा राजनैतिक दाउपेचको ख्याल राख्न नहुने ज्ञवालीले बताउनुभयो ।

कोभिड–१९ विरुद्धको लडाई सरकारको मात्र नभई प्रत्येक नागरिकलाई कोभिड–१९ विरुद्धको लडाईमा लाग्न आग्रह गर्नुभयो । कोरोनाले गम्भिर धक्का दिएको बताउँदै पुरानै लयमा जनजीवन फर्काउन देशलाई आत्मविश्वासको खाँचो रहेको उल्लेख गर्नुभयो ।

प्रदेश पाँचका सभासद् कमलराज श्रेष्ठले जिल्लामै कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालन हुनु जिल्लाका लागि गौरवको बिषय भएको बताउनु भयो । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पीसीआर प्रयोगशाला सञ्चालनका लागि परराष्ट्रमन्त्री ज्ञवालीको सहयोगमा करिब एक करोड मुल्य बराबरका सामान निःशुल्क प्राप्त भएको जानकारी दिनुभयो ।

त्यस बाहेक करिब ९० लाख रुपैँया खर्च भइसकेको बताउनुभयो । पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनका लागि आवश्यक पर्ने आवश्यक सामग्री तथा विभिन्न सामान खरिद र जडानका लागि ५५ लाख, फर्निचर, आवास लगायतको व्यवस्थापनका लागि १० लाख खर्च भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);