जनकपुरधाममा रेल आउने सपना पुरा हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जनकपुरधाममा रेल आउने सपना पुरा हुँदै

जनकपुरधाम, १ असोज । बर्षौ देखि रेल गुड्ने आशमा रहेका जनकपुरबासीका लागि अब सपना साकार हुने भएको छ । भारतको जयनगर देखि जनकपुरधाम सम्म रेल्वेको काम सम्पन्न भएको महिनौ पछि भारतमा निर्माण सम्पन्न तयार अवस्थामा रहेको रेल शुक्रबार जनकपुर आइपुग्ने भएको छ ।

जनकपुर–जयनगर चल्ने रेल शुक्रबार मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल हाल भारतको पटनास्थित हाजीपुर स्टेसनमा छ । यहाँबाट जनकपुर आइपुग्न ४ घण्टा लाग्ने बताइएको छ । भारतको पटनास्थित हाजीपुर स्टेसनमा राखिएको रेल जनकपुर आइपुग्न आइपुग्न ४ घण्टा समय लाग्ने बताइएको छ ।

पहिलो चरणमा भारतको कुर्थादेखि जनकपुरसम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ । दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको विभागले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);