रेलवेको निर्माण सम्पन्न भएसँगै स्थानीय बजार सस्तो हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

रेलवेको निर्माण सम्पन्न भएसँगै स्थानीय बजार सस्तो हुने

जनकपुरधाम, ७ कात्तिक । जनकपुर-जयनगर रेलको निर्माण सम्पन्न भएसंगै स्थानीय बजार सस्तो हुने भएको छ । नेपालको जनकपुर देखि भारतको जयनगरसम्म चल्ने नयाँ रेल्वे सेवा सुरु भए संगै माल सामान ढुवानीको लागत घट्न थालेसँगै बजार सस्तो हुने भएको हो ।

भारत सरकारको अनुदान सहयोगमा नेपालको ५ वटा नाकाहरुमा रेल्वेको अन्तरदेशीय लाइन निर्माण भईरहेका छन् । पहिलो चरणमा जोगबनी विराटनगर र जनकपुर बर्दिबासको निर्माणको काम भैरहेको छ ।

भारत सरकारको ५ सय करोड बढीको अनुदान सहयोगमा जयनगर–जनकपुर–बर्दिबास रेल्वे ट्रयाक निर्माणको काम भईरहेको छ । आगामी डिसेम्बर सम्ममा निर्माण सम्पन्न हुन लागेको यो आयोजनामा नेपाली निर्माण कम्पनीहरुले पनि काम गरिरहेका छन् ।

रेल्वे विभागका प्रवक्ता अमन चित्रकारले जनकपुर जयनगर रेल निर्माण भई संचालन हुँदा नेपालको महँगी नियन्त्रण संगै, निर्माण प्रविधि र शीप हासिल हुने बताए । यसले नेपाली यातायात तथा पारवहनमा ठूलो परिवर्तन ल्याउने उनले विश्वास व्यक्त गरे ।

भारत सरकारको मुख्य निर्माणकर्ता इरिकोन कम्पनीसंगै काम गरिरहेको रमण कन्स्ट्रक्सनले आगामी दिनमा रेल्वे सम्बन्धि निर्माणका लागि आफुहरु तयार रहेको बताएको छ । जयनगर बर्दिबास खण्डको ट्रयाक निर्माणको काम नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले भारतीय कम्पनी इरिकोनसंग मिलेर गरिरहेको छ ।

नेपाली निर्माण कम्पनीसंग यस अघि रेल्वे ट्रयाक निर्माणमा अनुभव थिएन । यो संगै नेपाली निर्माण कम्पनी पनि रेल्वे सम्बन्धि निर्माण गर्न सक्षम भएको रमण कन्स्ट्रक्सनका निर्देशक रमण महतोले बताए ।

भारतको जयनगर देखि महोत्तरीको कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्ट र ५ स्टेशन निर्माणको अन्तिम चरणमा पुगेको छ । स्टेशन भवन, आवास निर्माण पनि अन्तिम अवस्थामा छ ।

यात्रुवाहक रेल गुडाउन जयनगर–बर्दिवास ६९ किलोमिटरको ब्रोडगेज सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई गत असोज २६ गते मालबाहक रेल गुडाएर परिक्षण गरिएको थियो ।

रमण कन्स्ट्रक्सनले भारतको झारखण्डबाट रेल्वे लिकमा प्रयोग हुने गिट्टी ब्लास्ट बोकेको ५३ वटा डब्बा रेलको माध्यमबाट नै ल्याएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);