जनकपुर-जयनगर रेलसेवा कात्तिकबाट सञ्चालनमा आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जनकपुर-जयनगर रेलसेवा कात्तिकबाट सञ्चालनमा आउने

काठमाडाैं, १६ असार । जनकपुर जयनगर रेलसेवा आगामी कात्तिक महिनाबाट सञ्चालनमा आउने भएको छ । भारतीय पक्षबाट आएको प्रतिवद्धताअनुसार जनकपुर जयनगर ब्रोडगेज रेलमार्गको पहिलो चरणको काम सम्पन्न भएपछि लगभग ५ वर्षदेखि बन्द रहेको रेलसेवा पुनः सञ्चालनमा आउन लागेको हो ।

रेल्वे सेवा सञ्चालनका लागि ६९ किलोमिटरमध्ये ५२ किलोमिटरसम्मको मार्गमा माटो पुर्ने, बालुवा, माटो, गिट्टी भर्ने काम पूरा भईसकेको छ ।

रेलमार्गका लागि कालो ढुंगा बिछ्याउने काम समेत अन्तिम चरणमा रहेको रेल विभाग साईट कार्यालय जनकपुरधामका प्रमुख विनोद ओझाले जानकारी दिए ।

कालो ढुंगा बिछ्याउनका लागि भारतको पाखौर, सीतामढी र पुपरीबाट ल्याईँदै छ । रेलमार्ग सेवाका लागि नेपालको ईनरुवा, महोत्तरीको भंगहासम्मको १ सय ३८ विगाह जग्गा अधिग्रहण गरिएको छ भने भंगहादेखि बर्दिबाससम्मको जग्गा अधिग्रहण गर्न बाँकी रहेको रेलविभाग जनकपुरले जनाएको छ।

अधिग्रहण गरिएका जग्गाका लागि ३३ करोड मुआब्जा वितरण भएको छ । धनुषा र महोत्तरी गरी ९० प्रतिशत मुआब्जा वितरण सम्पन्न भईसकेको छ ।

भारत सरकारको अनुदान सहयोगमा निर्माण भईरहेको ६९ किलोमिटरको जनकपुर जयनगर बर्दिबास रेलमार्गको कार्य ३ चरणमा भईरहेको छ ।

पहिलो चरण अन्र्तगत जनकपुर वडा नं २१ कुर्थासम्म ३५ किलोमिटरसम्मको कार्य पूरा हुने ओझाले जानकारी दिए । प्रमुख ओझाका अनुसार दोश्रो चरणमा कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरसम्म सम्पन्न गरिनेछ ।

तेस्रो तथा अन्तिम चरणअन्र्तगत भंगहादेखि बर्दिबाससम्मको १७ किलोमिटरको रेलमार्ग निर्माणको कार्य सम्पन्न गरिनेछ । वर्षौदेखि बन्द रहेको जनकपुर जयनगर रेलसेवा सञ्चालनमा आउन लागेपछि त्यस भेगका स्थानीयबासी हर्षित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);