राष्ट्रपति भण्डारीद्धारा रेल्वे अध्यादेश २०७८जारी, रेल चलाउने बाटो खुल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपति भण्डारीद्धारा रेल्वे अध्यादेश २०७८जारी, रेल चलाउने बाटो खुल्यो

काठमाडौं । सरकारले रेल्वे अध्यादेश जारी गरेको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

आवश्यक काननु नहुँदा सरकारले खरिद गरी सञ्चालनको तयारीमा राखेको जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनमा आउन सकेको थिएन । अध्यादेश आएसँगै रेल सञ्चालनमा आउने बाटो खुल्ला भएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यलयले जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

रेलमार्ग सञ्चालनको लागि बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल्वे सञ्चालन सम्बन्धि कानुन मस्यौदा गरेको थियो । सो मस्यौदामा छलफल गरी मन्त्री परिषदले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

यस अघि सञ्चालनमा आई बन्द भएको जनकपुर जयनगर रेल सञ्चालनको लागि सरकारले रेलमार्ग मर्मत गरी दुईवटा नयाँ रेल खरिद गरी सकेको छ । त्यस्तै पूर्व–पश्चिम रेलमार्गको अवधारणा अन्तर्गत रेलमार्ग निर्माणको काम समेत भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);