आगामी डिसेम्बरदेखी जनकपुर-जयनगर रेल नियमित सञ्चालन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

आगामी डिसेम्बरदेखी जनकपुर-जयनगर रेल नियमित सञ्चालन हुने

फूलमाया आले
काठमाडौं, २७ कात्तिक । कात्तिक पहिलो हप्ता जनकपुर–जयनगर तथा कात्तिक तेस्रो हप्ता विराटनगर–बथनाहा रेल वे को परिक्षण गरिएको थियो । परिक्षण सफल भएपछि आगामी डिसेम्बर पहिलो हप्ता जनकपुर–जयनगर र डिसेम्बरको अन्तिम हप्तासम्ममा विराटनगर–बथनाहा सम्मको रेल वे निरन्तर रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको रेल विभागले जनाएको छ ।

कात्तिक पहिलो हप्ता जनकपुरमा भारतीय बजार जयनगरबाट रेल आयो । उक्त रेलले लिकमा बिछ्याउने गिटी बोकेको थियो । त्यसको दुई हप्तापछि विराटनगरमा पनि पहिलो पटक रेल भित्रियो ।

बथनाहा–कटहरी १८ किलोमिटर दूरीमध्येको नेपाली भू–भाग बुधनगरमा बनेको नेपाल कष्टम यार्डसम्मको रेलमार्ग ट्रायल परीक्षण गरिएको थियो । परिक्षण सफल भएका कारण आगामी डिसेम्बर पहिलो हप्ता जनकपुर–जयनगर र डिसेम्बरको अन्तिम हप्तासम्ममा विराटनगर–बथनाहा सम्मको रेल वे नियमित रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको रेल विभागले जनाएको छ ।

छिमेकी देश भारतको सहयोगमा नेपालको तराई क्षेत्रमा विभिन्न ५ खण्डमा अहिले रेल मार्ग निर्माण भइरहेको छ भने उत्तरी चीनबाट पनि रेल वे निर्माण गर्ने विषयमा अध्ययन तथा छलफल भइरहेको सरकारले जनाएको छ ।

भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको जयनगर बर्दिवासको लागत खर्च ७ सय करोड भारतीय रुपैयाँ र जोगबनी विराटनगरको लगभग ३ सय करोड भारतीय रुपैयाँ लागत लागेको विभागले जनाएको छ ।

जनकपुर जयनगर रेल मार्ग सञ्चालनमा आएपछि नेपाल भारतीय रेल सञ्जालमा प्रवेश गर्ने भएकोले नेपालका लागि त्यो नै महत्वपूर्ण रहेको रेल विज्ञको भनाई छ । त्यस्तै रेल मार्ग सञ्चालनमा आएपछि नेपालले आयात गर्दै आएको सामानहरुमा मुल्य घट्ने विज्ञको दाबी छ ।

साथै नेपालले दीर्घकालिन योजना बनाएर उत्पादनमा वृद्धि गरि निर्यात पनि गर्न सके देश सम्वृद्धि तर्फ उन्मुख हुनुका साथै देशमा रोजगारीको अवस्था सिर्जना हुने विज्ञको भनाई छ ।

पछिल्लो समय नेपालमा रेल वे सञ्चालनबारे निकै चर्चा तथा परिचर्चा भइरहेको छ । तर नेपाल जस्ता विकासोन्मुख देशका लागि रेल वे निर्माण महङ्गो हुने भएकोले आर्थिक पक्ष पनि चुनौती बन्न सक्छ ।

तर विज्ञहरुले भने अहिले रेल सम्बन्धि दक्ष जनशक्ति अभाव रहेकोले नेपालका लागि प्रमुख चुनौतीको रुपमा रहेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);