साना कम्युनिष्ट पार्टी पनि एकिकरण प्रयासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौं, २७ कात्तिक । विभिन्न साना कम्युनिष्ट पार्टीहरु अहिले एकीकरणको तयारीमा जुटेका छन् । तत्कालीन दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओबादी केन्द्र एकीकरण भएर देशकै ठूलो र शक्तिशाली पार्टी भए पश्चात छरिएर रहेका अन्य साना पार्टी पनि एकीकरणको दिशामा अघि बढेका हुन् ।

एकीकरणपछि ठूलो बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले देश र जनताको भलो गर्न नसकेको भन्दै साना पार्टी एकीकरण गर्न आवश्यक भएको साना पार्टीका नेताहरु बताउँछन ।

गोपाल किराँती अध्यक्ष रहेको नेपाल कम्युुनिष्ट पार्टी माओवादीले चाडपर्वको उपलक्ष्यमा काठमाडौंमा आयोजना गरेको शुुभकामना आदान प्रदान कार्यक्रमपछि साना कम्युनिष्ट पार्टी एकीकरणको दिशामा अघि बढेका हुन् । देशमा दुुई तिहाईको बलियो नेकपाको सरकार छ । तर यसले जनताको हितमा काम गर्न नसकेको साना कम्युनिष्ट दलको आरोप छ।

यस्तो अवस्थामा बैद्य नेतृत्वको पार्टी, बिप्लव नेतृत्वको पार्टी एक भएर जानुुपर्ने गोपाल किराँती बताउँछन् । ठूलो पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी भए पनि त्यहाँ रहेकाहरु सच्चा कम्युनिष्ट नभएको साना कम्युनिष्ट पार्टीका नेताहरुको आरोप छ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले उनीहरु सच्चा कम्युुनिष्ट नभएर संसदबादी भएको आरोप लगाए ।

प्रचण्ड लगाएतका नेताबाट धोका खाएको अनुभव रहेको बताउने वैद्यले वर्तमान सरकारलाई भोट हालेर जनताले समेत धोका खाएको बताए । वैद्य भन्छन, पुुरानो राजा फालेर नयाँ महाराजाधिराज पैदा भएको छ । वर्तमान समयमा सच्चा क्रान्तिकारी कम्युनिष्ट र जनता गोलबन्द हुन जरुरी छ ।

२०५२ सालमा पुुष्पकमल दाहाल प्रचण्ड, मोहन बैद्य किरण, बाबुराम भटृराई लगायतको नेतृत्वमा जनयुुद्ध थालेको माओवादी ०६२ सालमा औपचारीक रुपमा नेपाल कम्युनिष्ट पार्टी माओवादीमा दर्ता भएको थियो ।

२०६५ सालको चुुनावमा पहिलो ठुलो दलको रुपमा विजयी भई प्रचण्डको नेतृत्वमा सरकार समेत गठन गर्न सफल भएको पार्टी क्रमश फुट्दै कमजोर हुँदै आयो र पहिलो दलबाट तेश्रो दल हुन पुग्यो ।

माओवादी केन्द्रमा भएको फुटसँगै मोहन बैद्यको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी, बाबुुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी, बिप्लबको नेतृत्वमा नेकपा र गोपाल किराँतीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी बन्यो ।

प्रचण्ड नेतृत्वको माओवादी पार्टी एमालेमा मिसियो । यसरी कम्युनिष्ट पार्टीहरु जुट्दै फुटुदै अघि बढेका छन् । ठूलो पार्टी एकीकरण भई नेकपा बनेजस्तै अब साना कम्युनिष्ट पार्टीहरु मिलेर के बन्ने हुन हेर्न बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);