पृथ्वीनारायण शाहलाई बिर्सनेहरु नेपाली हुनै सक्दैनन् : इतिहासविद् प्रा.डा. पोखरेल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पृथ्वीनारायण शाहलाई बिर्सनेहरु नेपाली हुनै सक्दैनन् : इतिहासविद् प्रा.डा. पोखरेल (भिडियोसहित)

काठमाडाैं, २७ पुष । तत्कालीन राजा पृथ्वीनारायण शाह नेपाल एकीकरण अभियानका वास्तविक नायक हुन । उनलाई गर्व गर्न लायक राष्ट्रनायक र मुलुकको अभिभावक भन्न सकिन्छ । यदि त्यतिबेला पृथ्वीनारायण शाह नजन्मेको भए र उनले एकीकरण अभियान नचलाएको भए अहिले नेपाल रहने थिएन र हामी नेपाली भन्न पाउने थिएनौं ।

स्वाधिन र सार्वभौम राष्ट्र नेपाल निर्माणको श्रेय उनैलाई जान्छ । विसं. १७७९ पुस २७ गते जन्मनु भएका शाह ५२ वर्ष बाँचेर ३२ वर्षको कार्यकालमा नेपाल एकीकरण गर्न सफल भए । अलि धेरै बाँचेको भए नेपाल अझ विशाल हुने थियो । किनभने उनमा एकीकरणको साथै नेपालको विकासको पनि दुरदर्शीता थियो । गोरखामा जन्मेर काठमाडौं उपत्यका विजयपछि उनले नेपाल एकीकरण अभियान थालेका हुन । त्यस अघि नेपाल साना साना टुक्रामा विभक्त थियो ।

भारतमा ५० बढी साना साज्य थिए । ब्रिटिशले उपनिवेश बनाउँदा एकीकरण गरेको हो । नेपाल पनि बाइसे र चौबिसे जस्ता टुक्रे राज्यहरुमा थियो । पृथ्वीनारायण शाहले यसको एकीकरण गरे । कुनै विदेशी गुहार्नु परेन । कीर्तिपुर विजयपछि स्थानीयको १७ धार्नी नाक काटिएको भन्ने अंग्रेजहरुले लेखेको इतिहास गलत र भ्रामक हो । झगडामा मारिएका बाहेक त्यति बेला कसैको नाक काट्ने काम भएकै थिएन ।

हारेर इज्जत गयो भनिएको कुरालाई नाक काटिएको भनी अपव्याख्या गरिएको हो । नेपाल एकीकरण गर्नु अघि अमेरिका ब्रिटिसको उपनिवेश थियो । नेपाल एकीकरणको एकसय वर्षपछिसम्म पनि जापान अन्धकारमय थियो । त्यतिबेला जनताको साथ र सहयोग लिएर उपलव्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई पृथ्वीनारायण शाहले एकीकरण गर्न सफल भएका थिए । नागरिकको इच्छा सर्वाेपरि ठानी राज्य संचालन गर्थे । अहिलेको राजनीतिलाई तुलना गर्ने हो भने शाह पूर्ण लोकतन्त्रवादी राजा थिए भन्ने देखिन्छ ।

पृथ्वीनारायण शाहको जस्तो चरित्र र देशप्रेम अहिलेको नेतामा पाइदैन । त्यतिबेला विदेशीलाई स्वदेशमा राख्नु हुन्न भन्ने थियो । अहिले खुलेआम आमन्त्रण गर्ने गरिएको छ । जसले पृथ्वीनारायण शाहको शालिक ढाले, उनीहरुले नेपालको इतिहास मेट्न खोज्दैछन । पृथ्वीनारायण शाहलाई सम्मान गर्नु नेपालीको दायित्व हो । जसले पृथ्वी नारायण शाहलाई बिर्सन्छ उनीहरु नेपाली हुनै सक्दैनन ।

अन्तर्वार्ताको पूरा भिडियो तल हेर्न सकिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);