पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

loksewa-rastrapati bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरणबाट तयार गरेको आधारभूमिमा उभिएर नै हामी आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको शुभकामना सन्देशमा उल्लेख छ । दिवसबाट सुदृढ देशभक्तिको भावनामा एउटा बलियो आयाम थप्न योगदान मिल्ने राष्ट्रपति भण्डारीको विश्वास छ ।

यसैबिच पूर्व राजा ज्ञानेन्द्र शाहले पनि दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक रहेको बताउनु भएको छ । नेपालको एकीकरण गरेर सिङ्गो र सबल आकार दिने श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाह नेपाली इतिहासमा सदा स्मरणीय रहने उहाँको भनाई छ । नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्लभ हुँदै गएको यो समयमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको पनि शुभकामना सन्देशमा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);