आज २९९ औं पृथ्वी जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

आज २९९ औं पृथ्वी जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडाैं, २७ पुष । आज नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २९९ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस,विबिध कार्यक्रम गरी मनाइदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विक्रम सम्मबत १७७९ पुस २७ गते जन्मिनु भएका पृथ्वी नारायण शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।तत्कालिन राजा शाहको जन्म जयन्तीको अवसरमा सरकारी स्तरबाट कुनै पनि कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल, तथा राजावादी संघ संस्थाले राष्टिय एकता दिवसको रुपमा आजको दिनलाई संझिने गर्छन । नेपाल एकिकरण गर्नुभएको शाहको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो ।

तर ६२/६३ को आन्दोलन पछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकिकरण गरेर वृहत नेपाल बनाउनु भएको थियो । तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उहाँको दूरदर्शिताको कदरका लागि भएपनि दिवस मनाउनुपर्ने इतिहासविद्हरुको भनाइ छ ।

यसैबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले पृथ्वी जयन्तीका अवसरमा शुभकामना शन्देश जारी गर्दै पृथ्वी नारायण शाहले नेपाल एकिकरणको जग बसालेको भन्दै नागरिकको इच्छा र चाहनाबाटै मुलुकको शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई शाहले अनुसरण गर्नुभएको जनाउनुभएको छ । राष्ट्रपति भण्डारीले पुर्खाको त्याग,बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन जिम्मेवारी अहीले हाम्रो काँधमा आएको उल्लेख गर्नुभएको छ ।

पृथ्बी जयन्तिले राष्ट्रियता,राष्ट्रिय अखण्डता,स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);