झापाका विभिन्न स्थानमा दीप प्रज्वलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झापाका विभिन्न स्थानमा दीप प्रज्वलन

झापा, २८ पुष । राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सम्झनामा सोमबार साँझ झापाका विभिन्न शहरका चोकहरुमा दीप प्रज्वलन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकको डाँफेमुनाल चोक तथा अन्य चोकमा दीप प्रज्वलन गरी राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती मनाइएको छ ।

पहिलो पाईला नेपाल तथा अन्य राष्ट्रवादीहरुको समुहले झापामा दीप प्रज्वलन गरेको हो । दमकमा शाही शक्तिका पुर्वाञ्चल प्रमुख लिप्सन बास्तोलासहितको उपस्थिति रहेको थियो भने राप्रपाका अर्जुन रेग्मी, भवानी सुवेदी लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

पहिलो पाईलाका अध्यक्ष दीपक खड्का, उपाध्यक्ष निशा घिमिरे, शुरेश बराल, वीर गोर्खालीका उमेश लामा तथा मेघनाथ फुयाल, रेवत बस्नेत, विक्रम राई, मनोज लिम्बु, हरी थापा लगायत राष्ट्रवादीहरुको पनि सहभागिता रहेको थियो ।

दमक चोकमा करिब एक सयको उपस्थिति रहेको थियो भने इप्रका अगाडीको चोकमा पहिलो पाईलाका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । सोमबार देशभर नै २ सय ९९ औं राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती राष्ट्रवादीहरुले मनाएपनि सरकारले भने कुनै कार्यक्रम गरी मनाएन् । त्यस्तै अन्य राजनीतिक दलहरुले पनि कार्यक्रमको आयोजना गरेनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);