सबस्टेसन निर्माण विवादमा प्रहरी र स्थानीयबीच झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सबस्टेसन निर्माण विवादमा प्रहरी र स्थानीयबीच झडप

काठमाडौं । काठमाडौंको शंखरापुरमा सबस्टेसन निर्माण विवादमा प्रहरी र स्थानीयबीच झडप हुँदा पाँचजना घाइते भएका छन् ।

स्थानीयले लप्सीफेदीमा सबस्टेसन राख्न नहुने माग गर्दै गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । घाइते हुनेमा शंखरापुर नगरपालिका ३ का वडा सदस्य विजय लामा, स्थानीय अभियन्ता आरके तामाङसहितका स्थानीय रहेका छन् । वडा सदस्य लामाको हातमा चोट लागेको छ । त्यस्तै, प्रहरीले दुईजनालाई पक्राउ गरेको तामाङले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणले अपर तामाकोशीको विद्युत् प्रसारण लाइन सबस्टेसन हाइटेन्सन लाइन राख्न थालेपछि विवाद भएको थियो । सबस्टेसन राखे बैंकले जग्गा धितो नलिने, स्थानीयको स्वास्थ्यमा असर पर्ने स्थानीयको भनाइ छ । स्थानीय १२ दिनदेखि आन्दोलित छन् ।

गत बुधबार बौद्ध प्रहरी वृत्तबाट सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीले स्थानीयलाई पेस्तोल ताक्नुभएको थियो । गैरव्यावसायीक कार्य गरेको भन्दै उहाँमाथि प्रहरीले अनुसन्धान थालेको छ । काठमाडौंलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछापमा प्रसारणलाइन वितरणका लागि लप्सीफेदीमा ४००, २२० र १३२ केभीका सबस्टेसन प्राधिकरणले बनाउँदै छ ।

२०७४ सालमै स्थानीयको जग्गा अधिग्रहण गरी ७० जना जग्गाधनीको १७० रोपनी जग्गाको मुआब्जा दिएको प्राधिकरणको भनाइ छ ।लप्सीफेदीमा राखिने सबस्टेनस अन्यत्र सार्न नसकिने अडान प्राधिकरणको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);