एमाले र माओवादीबीचको एकताले नेपाली राजनीतिमा नयाँ तरंग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले र माओवादीबीचको एकताले नेपाली राजनीतिमा नयाँ तरंग

comnest party

काठमाडौं, ४ जेठ । मुलुकका दुई ठूला कम्युनिष्ट शक्ति एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएकोप्रति साना वामपन्थी दलहरुले स्वागत गरेका छन् । यद्यपि, नेकपाका नेता मिलेर लामो समयसम्म एकैठाउँ बस्नेमा भने उनीहरुले संशय व्यक्त गरेका छन् ।

कम्युनिष्ट आन्दोलनका अगुवा पुष्पलाल प्रधाननले नेपालमा २००६ सालमा कम्युनिष्टको जग खडा गरे । तर त्यो बेलादेखी २०७४ सालसम्म ठूलो कम्युनिष्ट पार्टी देशमा बन्न सकेन ।

२०१७ सालको राजनीतिक कु पछि स्थापित पंचायती ब्यवस्थामा कम्यूनिष्ट र काँग्रेस दुबैलाई थिचोमिचो गर्दै पञ्चहरु देशमा बत्तिसबर्ष सत्तामा रहे । २०४६ सालको जनआन्दोलन पछि देशमा भएको परिवर्तन र २०४७ सालमा आएको संबिधानले काँग्रेस, कम्यूनिष्ट र अन्य दलहरुलाई फस्टाउन प्रसस्त अवसर प्रदान गर्यो ।

तैपनि कम्यूनिष्टहरुले ठूलो पार्टी बनाउन सकेनन । बरु स साना पार्टीमा बिभाजित भए । तर २०७२ सालको संबिधान जारी भएपछि त्यसमा भएको थ्रेस होल्डको ब्यवस्थाले बामपन्थी र गैरबामपन्थी दलहरु बडारिएपछि ती दलहरु निर्वाचन आयोगमा दर्ता भएपनि संसदमा प्रतिनिधित्व गर्न पाएनन् ।

ठूला भनिएका बामपन्थी र गैरबामपन्थी दलहरु स्वार्थको राजनीतिमा सरिक भइ भागबण्डाको आधारमा पार्टी माथि नियन्त्रण कायम गरी ठूला दल बनाउन सफल भएका छन ।

तर साना बामपन्थी दलहरुले भने बिचार र सिद्धान्त मिल्ने पार्टीसंग मात्रै एकता गर्ने भन्दै एमाले र माओवादी केन्द्रको एकताप्रति खासै चाँसो दिएका छैनन ।

दुइ बामपन्थी दलबीचको एकतालाई आगामी दिनमा जनताप्रतिको जिम्मेवारी र जनमुखी ब्यवहारले निर्धारण गर्ने साना दलका नेताहरुको भनाइ छ ।

साना दलहरु ठूलो दलसँग एकता गर्न इच्छुक भएपनि त्यहाँ हुने व्यवहार प्रतिकुल हुने भयले उनीहरु ठूलो पार्टीमा गएर अस्तित्व मेटाउन चाहँदैनन ।

नेपाली राजनीतिमा अस्तित्वको लडाइ २००६ सालदेखी २०७५ सालसम्म भैरहँदा एउटै पार्टी नेपाली काँग्रेस एक पटक बिभाजन भएर पनि अहीलेसम्म पार्टी संचालन गर्दै आइरहेको छ ।

अन्य पार्टीहरु फुट्ने र जुट्ने क्रम जारी नै छ । दुइपार्टीबीचको एकतामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले साना दललाई साना पसल थापेर बस्नुको औचित्य नरहेको टिप्पणी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);