पहिलो कुर्सी ‘दाहाल’को, चाैथो कसको ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पहिलो कुर्सी ‘दाहाल’को, चाैथो कसको ?

samsadh parlyament

काठमाडौं, ५ जेठ । पार्टी एकतापछि अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभामा सत्तापक्षको पहिलो वरीयतामा बसेका छन्। विगतमा एमाले नेता झलनाथ खनाल बस्ने गरेको पहिलो वरीयताको कुर्सीमा शुक्रबार दाहाल बसेका हुन्। एकीकृत पार्टीको अध्यक्ष केपी ओली र दाहाल बनेकाले सत्तापक्षको पहिलो वरीयतामा दाहाल बसेका हुन्।

दुई दलबीच पार्टी एकता भएको र पार्टी अध्यक्ष दाहाल भएको जानकारी तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारीले शुक्रबार प्रतिनिधिसभामा गराएका थिए। दुई दलबीच बिहीबार पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी बनेपछि अध्यक्ष दाहाललाई पहिलो कुर्सीमा राखिए पनि चौथो कुर्सी कसका लागि भन्ने बहस एकीकृत पार्टीमा सुरु भएको छ। सत्तापक्षको पहिलो लहरमा जम्मा पाँच वटा कुर्सी छन्। संसदीय दलको वरीयताअनुसार नेताहरू पहिलो लहरमा बस्ने गर्छन्। पार्टी एकतापछि दाहाल पहिलो वरीयतामा, दोस्रोमा वरिष्ठ नेता झलनाथ खनाल र तेस्रोमा वरिष्ठ नेता माधव नेपाल बस्ने तय गरिएको छ। कुर्सी पनि सोहीअनुसार हुनेछ।

चौथो कुर्सीको टुंगो नलागे पनि पाँचौं कुर्सी भने संविधानसभा अध्यक्ष एवं तत्कालीन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका लागि छुट्याइएको छ। चौथो कुर्सी एकीकृत पार्टीका महासचिव विष्णु पौडेल वा अरू कसका लागि भन्ने बहस सुरु भएको हो।

विगतमा विघटित एमालेका तर्फबाट शीर्ष लहरमा वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष भीम रावल र उपमहासचिव पौेडेल र नेम्वाङ बस्ने गरेका थिए। सत्तापक्षीय दलको नेताका रूपमा दाहाल थपिएपछि पुरानो वरीयताअनुसार रावल र पौडेलमध्ये एक जनाले पहिलो वरीयताबाट पछि हट्नुपर्ने भएको हो। पुरानो वरीयतामा पौडेलभन्दा रावलको वरीयता माथि रहे पनि पार्टी एकतापछि पौडेल एकीकृत पार्टीको महासचिव बनेका छन् भने नौ सदस्यीय सचिवालयमा रावल परेका छैनन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);