एमाले-माओवादीले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस संयुक्त रुपमा मनाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले-माओवादीले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस संयुक्त रुपमा मनाए

Nepal communist party

काठमाडौं, ९ बैशाख । पार्टी एकीकरणको प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्रले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस संयुक्त रुपमा मनाएका छन् । आजैका दिन पार्टी एकता घोषणा गर्ने तयारी गरेका दूई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिए पनि एकता घोषणा भने हुन सकेन् ।

६८ वर्षअघि अर्थात २२ अप्रिल १९४९ मा लेलिन दिवसको अवसर परेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ संस्थापक नेता थिए । यद्यपि पार्टी स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिएका थिए ।

नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा कम्युनिष्ट पार्टी स्थापना भएको ६८ बर्ष पछि पुन दुई ठूला कम्पुनिष्ट पार्टीका नेता कर्यकर्ता एउटै मञ्चमा उभिएका छन् । तत्कालिन राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकार अपदस्थ गरी पञ्चायती व्यवस्था लागु गरेपछि नेपाल कम्युनिस्ट पार्टी पनि प्रतिबन्धित भयो ।

त्यस क्रममा केशरजंग रायमाझी पक्षले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि कम्युनिस्ट पार्टी बिभाजन भयो । २०१५ सालमा ४ सिट जितेर अस्तित्वमा आएको नेपाल कम्युनिस्ट पार्टी पञ्चायतकालमा बिभिन्न चिरामा बिभाजित भयोे । २०४६ सालको जनआन्दोलनपछि तत्कालिन माले र माक्र्सवादी मिलेर बनेको एमाले संसदमा ६९ सिटसहित सशक्त प्रतिपक्ष बनेको थियो भने तत्कालिन जनमोर्चा ९ सिटसहित तेस्रो दल बन्यो ।

२०५२ सालमा माओवादीले जनयुद्ध शुरु गरेपछि उसले संसदीय राजनीति परित्याग गर्‍यो । माओवादीले २०५१ सालमा आम निर्वाचन बहिस्कार गर्दा एमालेले ८८ सिटसहित एकल सरकार गठन गरेको थियो । २०५४ सालमा एमाले बिभाजित भएपछि २०५६ सालको आमनिर्वाचनमा ७० सिटसहित एमाले पुनः दोस्रो दल बन्यो ।

जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठूलो दल बन्यो । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादीले करीव दुई तिहाइ बहुमत सिट जित्न सफल भए ।

पार्टी स्थापना पछि विभिन्न कालखण्डमा चिराचिरामा विभाजन भएका कम्युनिष्ट पार्टी पुनः एक जुट हुने प्रयासमा छन् । तथापी, नेपाल कम्पुनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा एकता घोषणा गर्ने तयारी गरेका एमाले र माओवादीबीच एकता घोषणा त हुन सकेन दुवै दलका अध्यक्षले एकताको सन्देश दिँदै कार्यकर्तालाई आश्वस्त पार्ने कोशिस गरे । कार्यकर्ताले भने दुबै नेताले त्याग गरेर तत्काल पार्टी एकता गर्नुपर्नेमा जोड दिएका छन् ।

निर्वाचन अघि नै एकता गर्ने घोषणासहित संयुक्त रुपमा चुनावमा होमिएका दुई दललाई जनताले करिब दईतिहाइ सिट जिताएर अनुमोदन गरिसेका छन् । एकता घोषणाले कार्यकर्तामा पनि उत्साह थपिएको थियो । तर, पछिल्लो समय पार्टी एकतामा देखिको विवादले कतै एकता नै नहुने हो की भन्ने आशंक पैदा भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);