नेकपाले ७० औं पार्टी स्थापना दिवस मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेकपाले ७० औं पार्टी स्थापना दिवस मनाउँदै

nekapa 7o au diwas

काठमाडौं, ९ बैशाख । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७० औं पार्टी स्थापना दिवस मनाउँदै छ ।

स्थापना दिवसको अवसर पारेर नेकपाले आज प्रज्ञाभवन कमलादीमा बिशेष कार्यक्रमको आयोजना गरेकोछ । विशेष कार्यक्रममा नेकपाका अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओली,अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ । ७० वर्षअघि अर्थात सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आजको कार्यक्रममा नेकपाको पार्टी जिल्ला कमिटीको घोषणा हुने समेत जनाइएको छ ।

गत जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा तीन महिनाभित्र सबै तहमा एकीकरण गरिसक्ने भनिए पनि ११ महिनासम्म पार्टी एकता तल्लो तहसम्म पुग्न सकेको छैन। पार्टी एकता गर्ने लक्ष्यसहित प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धन बनाएर चुनावमा होमिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुन चुनाव सकिएपछि पाँच महिना लागेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);