सम्मान र न्याय हुने गरी मात्र नेकपा एमालेसँग पार्टी एकता गर्ने माओवादी केन्द्रको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सम्मान र न्याय हुने गरी मात्र नेकपा एमालेसँग पार्टी एकता गर्ने माओवादी केन्द्रको निर्णय

oli-prachanda

काठमाडौं, ९ बैशाख । नेकपा माओवादी केन्द्रले सम्मान र न्याय हुने गरी मात्र नेकपा एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले सम्मान र न्याय हुने गरी मात्र एकता गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको वार्ताबारे जानकारी गराएपछि बैठकले एमाले र माओवादी दुवैको आ आफ्नो इतिहास रहेको भन्दै दुवै पार्टीले एक अर्काको सम्मान गर्ने गरी एकता गर्नुपर्ने निर्णय गरेको हो ।

बैठकमा अधिकांश नेताले पार्टी विलय भएको जस्तो हुने गरी एकताको सहमति नगर्न पार्टी अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए । अधिकांश नेताले सम्मान र न्यायको कुरा जोडदार रुपमा उठाएपछि बैठकले एकताको मिति नतोक्ने निर्णय गरेको छ । एमाले र माओवादी केन्द्रबीच यसअघि कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन आज पार्टी एकता गर्ने सहमति भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);